एक अर्बको नेपाल स्टार्ट अप कोषको घोषणा

एक अर्बको नेपाल स्टार्ट अप कोषको घोषणा

काठमाडौं, जेठ १५

सरकारले आगामी आर्थिक बर्षको लागि एक अर्बको नेपाल स्टार्ट अप कोष स्थापना गर्ने घोषणा गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक बर्षमा मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक तथा पर्यटन आर्थिक हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । 

सरकारले आगामी आर्थिक बर्षको बाजेट मार्फत जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी सरकारले वौद्धिक सम्पत्ति र उधारो कारोबारसम्बन्धी कानुन बनाउने घोषणा गरेको छ ।