जलश्रोत क्षेत्रको बिकासको लागि ३६ अर्ब ८१ करोडको बजेट

जलश्रोत क्षेत्रको बिकासको लागि ३६ अर्ब ८१ करोडको बजेट

काठमाडौं, जेठ १५

सरकारले जलश्रोत क्षेत्रको बिकासको लागि ३६ अर्ब ८१ करोडको बजेट बिनियोजन गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत जलश्रोत क्षेत्रको बिकास अन्र्तगत सिंचाई आदिको लागि उक्त परिमाणमा बजेट बिनियोजन गरेको हो । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने घोषणा गरेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लामा सञ्चालन हुने गरी एकीकृत कर्णाली सिँचाइ विकास कार्यक्रमका लागि ८२ करोड विनियोजन गरेको छ । 

यसैगरी सरकारले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गरिनेछ । सिम्रौनगढलाई विशेष संरक्षण गर्दै तनहुँको चुँदीरम्घामा संग्रहालय बनाउने घोषणा गरेको छ ।