धितो रोक्का तथा फुकुवा अलनलाईनबाट

धितो रोक्का तथा फुकुवा अलनलाईनबाट

काठमाडौं, जेठ १५

सरकारले बैंकिङ क्षेत्रमा धितो रोक्का र फुकुवालाई अनलाईनबाट गर्नै व्यवस्था गर्नै भएको छ । अर्थमन्त्री बर्षामान पुनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै बैंकिङ क्षेत्रलाई डिजिटलाईज्ड गर्दै अनलाईमार्फत धितो रोक्का र फुकुवा गर्ने घोषणा गरेका हुन ।  

सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन गर्दै सहकारीमा पाँच लाखसम्मको वचत फिर्ता गर्नै घोषणा गरेको छ । सहकारीमा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरका परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मको वचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइनेछ । सहकारीलाई मर्जमा जाने व्यवस्था गर्दै वचत तथा ऋण सहकारी संस्थाका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने । वचत तथा ऋण सहकारी संस्थालाई मर्जमा जाने व्यवस्था गर्ने घोषणा गरेको छ ।