श्रम र रोजगारका लागि आठ अर्ब १० करोडको बजेट

श्रम र रोजगारका लागि आठ अर्ब १० करोडको बजेट

कठमाडौं, जेठ १५

सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बर्षामान पुनले आगामी आर्थिक बर्षको लागि उक्त परिमाणमा बजेट बिनियोजन गरेका हुन । सरकारले आगामी आर्थिक बर्षमा कम्तीमा २ लाख जनालाई न्यूनतम १०० दिनको रोजगारीको व्यवस्था गर्ने घोषणा गरेको छ । सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्दै सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने गरी व्यवस्था गर्ने घोषणा गरेको छ । 
यसैगरी सरकारी डाटा सेन्टरको स्तरउन्नती गर्ने । निजी क्षेत्रबाट सञ्चालित डाटा सेन्टरको लागि भने मापदण्ड तयार गर्ने भएको छ । विद्युत्तीय डाटा भण्डारण र उपयोगलाई व्यवस्थित गरिने ।

सरकारले आगामी वर्ष ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापनाको लागि १७ करोड विनियोजन गरेको छ रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ । बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण सुरु गरिने, दोखला फिल्म सिटीलाई सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्ने र यसका लागि संचार मन्त्रालयलाई सात अर्ब ३५ करोड विनियोजन गरेको छ ।