खेलकुद पुर्वाधारको लागि एक अर्ब ३० करोड बजेट

खेलकुद पुर्वाधारको लागि एक अर्ब ३० करोड बजेट

काठमाडौं, जेठ १५

सरकारले खेलकुद पुर्वाधारको लागि एक अर्ब ३० करोड बजेट बिनियोजन गरेको छ ।  सुर्खेतमा दशौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्न ६० करोड बजेट छुट्याइएको छ । मुलपानी क्रिकेट र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरब आयोजनाका रुपमा निर्माण गर्ने घोषणा सरकारले गरेको छ । कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नती र फाप्ला क्रिकेट रंगशालालाई तीव्रता दिंदै खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड विनियोजन । युवा तथा खेलकुद मन्त्रालयको बजेट ३ अर्ब ५० करोड छ । 

काठमाडौं उपत्यकाको गोदावरी तारकेश्वर नागार्जुन, चाँगुनारायण भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने । काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर बनाउन बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गर्ने भएको छ । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमबाट घर बनाउन चाहनेलाई कम्तीमा १० परिवारलाई एकल वा सामूहिक आवास बनाउन प्रोत्साहित गरिने ।

काठमाडौं उपत्यकाको गोदावरी तारकेश्वर नागार्जुन, चाँगुनारायण भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने । काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर बनाउन बजेट विनियोजन गरिएको छ । द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनर्स्थापना गर्न शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन गरिएको छ । सरकारले रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड बिनियोजन गरेको छ ।