भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड बजेट

भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड बजेट

काठमाडौं, जेठ १५

सरकारले आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । यसैगरी सरकारले ५४ हजार तीन सय ९२ घरको भुुस पराल र खरको छानालाई जस्तापाता वा स्थायी संरचनाले विस्थापित गर्ने घोषणा गरेको छ ।  

सरकारले काठमाडौं उपत्यकाको ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री छोरी कार्यक्रम’को लागि १० करोड विनियोजन गर्दै यस कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने छ भने कार्यक्रमले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । सरकारले करिडोर सडकका लागि ३ अर्ब ८६ करोड विनियोजन गरेको छ । स्याफ्रु रसुवागढी सडकका लागि १ अर्ब ८० करोड छुट्याएको छ । नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाइने र सिद्धबाबाको मुख्य सुरुङ सक्ने । ग्वार्कोको ओभरपास निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ ।