आगामी आर्थिक बर्षको लागि १८ खर्ब ६० अर्बको बजेट

आगामी आर्थिक बर्षको लागि १८ खर्ब ६० अर्बको बजेट

काठमाडौं, जेठ १५

सरकारले आगामी आर्थिक बर्र्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट बिनियोन गरेको छ । अर्थमन्त्री बर्षामान पुन अनन्तले संघीय संसद समक्ष मंगलबार उक्त बजेट घोषणा गरेका हुन । घोषित बजेट अनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६० करोड अर्थात ६१ दशमलव ३१ प्रतिशत,  पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८  दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थाका लागि तीन खर्ब ६७ अर्ब १८ करोड अर्थात १९ दशमलव ७४ प्रतिशत बजेट बिनियोजन गरेको छ । 

सरकारले आगामी आर्थिक बर्षको लागि बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, बैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण तीन खर्ब ३० अर्ब रुपैंयाँ बजेट उठाउने लक्ष्य लिएको छ ।