हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट, जेठ १५
आफ्नै दाई ७० वर्षीय खमसिङ तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरको अभियोगमा किस्पाङ गाउँपालिका–५ मानेगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिंह बहादुरले खुकुरी प्रहार गर्दा खमसिङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।