स्पेनले युक्रेनलाई एक अर्ब डलर सहयोग गर्ने

स्पेनले युक्रेनलाई एक अर्ब डलर सहयोग गर्ने

स्पेन, १५ जेठ (रासस/एएनआई) :

स्पेनले युक्रेनलाई रुसको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्नका लागि १.१ अर्ब डलरको सैन्य सहायता दिने वाचा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार म्याड्रिडमा सुरक्षा सम्झौतामा हस्ताक्षरसमेत गरेका छन् । सम्झौतामा “सन् २०२४ का लागि एक अर्ब युरो सैन्य सहायताको प्रतिबद्धता समावेश रहेको सान्चेजले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो । अर्को दशकलाई समेट्ने यो सम्झौताले भूमि, हवाई, नौसेनालगायत आधुनिक सैन्य उपकरणको आपूर्तिमा युक्रेनी क्षमताको आवश्यकतालाई प्राथमिकता दिँदै युक्रेनको खाद्य निर्यातका लागि समुद्री मार्गको सुरक्षामा जोड दिन्छ । यसले युक्रेनी नागरिक, सहर र पूर्वाधारको रक्षा गरी आवश्यक हवाई रक्षा प्रणालीको क्षमता बढाउन अनुमति दिनेछ ।

जुन यस सातामा खार्किवमा देखिएको अन्धाधुन्ध आक्रमणको सामना गरिरहेको सान्चेजले उत्तरपूर्वी शहरमा रुसी हमलाको सन्दर्भमा भन्नुभयो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले म्याड्रिडको भ्रमण गरेपछि देशले मे–१० देखि खार्किव क्षेत्रमा रूसी भूमि आक्रमणको सामना गरिरहेको छ, जुन मस्कोको १८ महिनाको सबैभन्दा ठूलो क्षेत्रीय प्रगति रहेको जनाइएको छ । रुसको पूर्णआक्रमण तेस्रो वर्षमा पुग्दा, युक्रेनले बन्दूकधारी र बढी सङ्ख्यामा रहेका सैनिकका लागि थप हतियारको अपिल गरिरहेको छ । यसको हवाई रक्षा प्रणालीको अभावलाई सम्बोधन गर्न सहयोग खोजिरहेको अल जजिराले जनाएको छ ।

स्पेनका प्रधानमन्त्रीले स्पेनले पहिले नै प्याट्रियट मिसाइल आपूर्ति गर्ने वाचा गरिसकेको तर जेलेन्स्कीलाई युक्रेनका सहयोगीबाट मिसाइल प्रक्षेपण प्रणाली चाहिएको कुरामा जोड दिए । सम्झौतापछि युक्रेनी राष्ट्रपतिले युक्रेनलाई “वास्तविक र साँच्चै जीवन बचाउने समर्थन गरेकोमा स्पेनलाई धन्यवाद दिनुभयो । किएभको हवाई सुरक्षालाई बलियो बनाउन म्याड्रिडले कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा पनि दुई नेताले छलफल गरेको उहाँले बताउनुभयो । सम्भौताअनुसार स्पेनले “चितुवा ट्याङ सबैभन्दा माथि गोला बारुदको अर्को ब्याच पठाउने सान्चेजले भन्नुभयो । उहाँले किएभसँग कसरी काम गर्ने भनेर बुझ्नका तथा अन्य वैकल्पिक प्रणालीसँग युक्रेनको हवाई सुरक्षा सुनिश्चित गर्न मद्दत गर्न जनाउनुभयो ।

यसबाहेक, जेलेनस्कीले फ्रान्स, जर्मनी र युनाइटेड किंगडमलगायत अन्य धेरै देशसँग द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको अल जजिराले रिपोर्ट गरेको छ । जेलेनस्कीले युक्रेनको सुरक्षाको लागि थप सात प्याट्रियट मिसाइल लन्चर चाहिएको बताउदै सहयोगीलाई प्राप्त गर्न दबाब दिने उल्लेख गर्नुभयो । रुसी सेनाले यस महिना करिब तीन हजार दुई सय निर्देशित हवाई बम प्रयोग गरेको उहाँले बताउनुभयो । एक महिनामा हजारौँ बम रोक्न पर्याप्त हवाई रक्षा मिसाइल नभएको भन्दै उहाँले हतियार दिन डराउँने साझेदारले हवाई रक्षा अपराध नभै रक्षा भएको बुझ्नुपर्ने उल्ल्ेख गर्नुभयो । म्याड्रिडको भ्रमण पछि, जेलेन्स्कीले पोर्चुगलको राजधानी लिस्बनको भ्रमण गर्ने कार्ययोजना रहेको छ । जहाँ प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र राष्ट्रपति मार्सेलो रेबेलो डे सौसालाई भेट्ने कार्यक्रमका साथै दश वर्षको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।