बजेट घोषणापछिको पहिलो दिनः नेप्से घट्यो, सेयर कारोबार रकम बढ्यो

बजेट घोषणापछिको पहिलो दिनः नेप्से घट्यो, सेयर कारोबार रकम बढ्यो

काठमाडौं, जेठ १६

नेप्से घटेको छ । सरकारले आर्थिक बर्ष २०८१-०८२ को लागि बजेट घोषणा गरेपछिको पहिलो दिन आज बुधबार नेप्से २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ अंकमा झरेको छ भने सेन्सिटिभ चार दशमलव ८२ अंकले घटेर तीन सय ७४ दशमलव शुन्य नौं अंकमा झरेको छ । तीन सय १४ वटा कम्पनीहरुको ६३ हजार ८० पटकको कारोबारमा एक करोड सात लाख ३८ हजार एक सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ५७ करोड ५० लाख ६३ हजार दुई सय ७४ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समुहको बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । सामुहिक लगानी कोष समुहको सुचक भने आज स्थिर रहेको छ । नेप्सेमा आज युनिलिभर नेपाल लिमिटेडले सबै भन्दा बढी कमाएको छ भने बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । पोखरा फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।