जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

म्याग्दी, जेठ १७

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।