नेप्सेमा उच्च अंकले गिरावट, सुचक तथा कारोबार रकम दुबै घटे

नेप्सेमा उच्च अंकले गिरावट, सुचक तथा कारोबार रकम दुबै घटे

काठमाडौं, जेठ १७

नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पनि १९ दशमलव ८९ अंकले घटेर दुई हजार ६९ दशमलव ५३ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ९० अंकले घटेर तीन सय ७० दशमलव १९ अंकमा पुगेको छ । तीन सय ११ वटा कम्पनीहरुको ६१ हजार ७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार चार सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा आज कारोबार रकम चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स, जलबिद्युत र उत्पादनमुलक समुहको बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक घटेका छन् । नेप्सेमा आज नेपाल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने पोखरा फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।