गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्धारा स्कुल व्याग वितरण

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्धारा स्कुल व्याग वितरण

ललितपुर, जेठ १७

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले स्कुल व्याग वितरण गरेको छ । फाईनान्सले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि बिहिबार स्कूल ब्याग वितरण गरेको जानकारी दिएको छ ।

फाईनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, फाईनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा फाईनान्सका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे छ ।

आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ । फाईनान्सले हाल मुलुकभर २३ वटा शाखा कार्यालयहरु, चार वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । फाईनान्सले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।