नेप्सेमा दोहोरो अंकले बृद्धि, कारोबार रकम चार अर्ब ३१ करोड नाघ्यो

नेप्सेमा दोहोरो अंकले बृद्धि, कारोबार रकम चार अर्ब ३१ करोड नाघ्यो

काठमाडौं, जेठ २०

नेप्से दोहोरो अंकले बढेको छ । आज आईतबार नेप्से १३ दशमलव ५१ अंकले बढेर दुई हजार ८३ दशमलव शुन्य चार अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दशमलव ४५ अंंकले बढेर तीन सय ७१ दशमलव ६५ अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको ६५ हजार छ सय ५४ पटकको कारोबारमा ९६ लाख ९७ हजार दुई सय छ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ३१ करोड १० लाख १५ हजारछ सय २९ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा अज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा उत्पादनमुलक, लगानी र सामुहिक लगानी कोष समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समुहको सुचक बढेका छन् । 
नेप्सेमा आज मल्टीपर्पोस फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने नारायणी डेभलपमेन्ट बैंकले सबै भन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।