इसेवाबाट जीवन बीमाको नवीकरण गर्दा दुवई ट्रिप जित्ने मौका

इसेवाबाट जीवन बीमाको नवीकरण गर्दा दुवई ट्रिप जित्ने मौका

काठमाडौ, जेठ २०

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा प्रयोककर्ताहरुको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ, जसमा एक भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउने भएका छन् । कम्पनीका अनुसार यही जेष्ठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक हप्ता आकर्षक उपहारहरु पाउनेछन् । हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रातको लागि प्याकेज पाउनेछन भने ५ भाग्यशाली विजेताले इ सेवा केयर प्राप्त गर्नेछन र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् ।

यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरुको प्रिमियम तिर्दा रु १००० सम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् । यस योजनाको बारेमा इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका भनाई अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो। यस अन्तर्गत प्रयोगकर्ताहरुले इसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम् भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन् । 

इसेवा लि सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन् । हाल इसेवामा ८० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु, २५०,००० भन्दा बढि एजेन्टस्, ४९ बैंकहरु, ४५ लघुवित्तहरु, तथा ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन् ।