रेड्मी नोट १३: १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३:  १०८ मेगापिक्सेलको बजेट किंग

काठमाडौ जेठ २०

स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरू र नयाँ खेलाडीहरू सधैं ग्राहकहरूको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ । यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरू प्रदान गर्ने लक्ष्य राखेको छ । सोही अनुसार कम्पनीले रेड्मी नोट १३ हालै नेपाली बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००× १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव दिने कम्पनीको दाबी छ । साथै यसमा आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स समेत उपलब्ध छ । कम्पनीका अनुसार स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स दिनेछ । एन्ड्रोइड १४ र हाइपर ओएसको सहायताले यो डिभाइस निर्बाध रूपमा चल्नेछ । साथै यो फोन आवश्यकत्ता अनुसार ६ वा ८ जिबी र्‍याम रोज्न र १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरूमा छुट्टै चमक ल्याउँनेछ । यस्तै यो फोनमा ५००० एमएच ब्याट्री, ३३ वाटको फास्ट चार्जर रहेको पाईन्छ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् । साथै ईन–डिस्प्ले फिङ्गर सेन्सर सहित प्रयोगकर्ताहरूलाई सरल तथा आवश्यकता अनुसारको फिचरहरू प्रदान गर्दछ । डल्बी एटमसले ट्यून गर्ने डूवल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राईटनेसले गर्दा यो फोन गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ । यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ्गे प्राप्त भएको छ । 

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरूमा उपलब्ध छ । यी फोनहरूको मूल्यको ६-१२८ जिबिको २४ हजार ९९९ रुपैयाँ छ भने ८-२५६ जिबिको मूल्य २७ हजार ९९९ रुपैयाँ रहेको छ । यस्तै कम्पनीले यो फोन किन्दा २ हजार ९९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ रुपैयाँको बन्डल अफरमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।