युरोपेली सङ्घको आगामी चुनावमा राष्ट्रवादी दलहरूको बलियो उपस्थिति हुने अपेक्षा

युरोपेली सङ्घको आगामी चुनावमा राष्ट्रवादी दलहरूको बलियो उपस्थिति हुने अपेक्षा

ब्रसेल्स, बेल्जियम, २० जेठ (रासस / एएफपी)

सामाजिक तथा भूराजनीतिक अनिश्चितताको समयमा राष्ट्रवादी दलहरूले राम्रो प्रदर्शन गर्ने अपेक्षाका साथ युरोपेली सङ्घ (ईयू) का मतदाताहरू आगामी एक हप्ताभित्र मतदानमा जाने भएका छन् ।जुन ६ देखी ९ गतेसम्म हुने चुनावको नतिजाले युरोपेली आयोगको अगामी संरचना निर्धारण गर्न मद्दत गर्नेछ । सर्वेक्षणका अनुसार ईयूका मतदाताहरूले युक्रेनको युद्ध, आर्थिक सम्भावना, व्यापार संरक्षणवाद, रोजगारीमा कृत्तिम बोद्धिकता (एआई) को जोखिम, आप्रवासन र जलवायु परिवर्तनजस्ता मुद्दाहरूमा जोड दिइरहेका छन् ।

राष्ट्रवादी उम्मेद्वारहरूले मतदातालाई जातीय–राष्ट्रवादी–घोषणापत्रहरूमा ध्यानाकर्षण गर्न र यूरोसेप्टिक दृष्टिकोणका साथ ईयूमा रहन आग्रह गरिरहेका छन् । उनीहरूले सांस्कृतिक र आर्थिक क्षेत्रलाई प्राथमिकता दिने, सीमा नियन्त्रणलाई कडा पार्ने र निर्णय गर्ने कार्य ब्रसेल्समा मात्र आधारित नभई द्विपक्षीय वार्ताले निर्धारण हुने प्रतिज्ञा व्यक्त गरेका छन् । उनीहरूका प्रतिज्ञाहरू प्रमुख निर्वाचन क्षेत्रहरूमा, युरोपेली किसानमा र सामाजिक सञ्जाल टिकटकमार्फत युरोपेली युवामाझ प्रतिध्वनित भइरहेका छन् । इटाली, हङ्गेरी र नेदरल्यान्ड्समा राष्ट्रवादी सरकारहरूको आगमनले पनि यो चुनावी अभियानलाई प्रभावित पारेको देखिन्छ ।