आगलागीबाट गाडी जलेर क्षति

आगलागीबाट गाडी जलेर क्षति

काठमाडौं, जेठ २१ 

काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित गुणस्तर विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३–०१–००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगालागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।