ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

काठमाडौं, जेठ २१

ठगी सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादी काभ्रे तेमाल गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने ४९ वर्षीय सिबि लामा भन्ने चन्द्र बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं जिल्ला अदालतबाट २०८० फागुन २० गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वचर पठाइएको छ  ।