नेपाली क्रिकेटप्रेमीहरुका लागि सिद्धार्थ हस्पिटालिटीको विशेष अफर

नेपाली क्रिकेटप्रेमीहरुका लागि सिद्धार्थ हस्पिटालिटीको विशेष अफर

काठमाडौं, जेठ २२

सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्ड बिचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि निःशुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टरले बताउनुभयो । 

यस विशेष अफरले नेपाली क्रिकेटप्रेमीहरुलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरुलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको छ । यो अफरमा भाग लिन चाहनेहरुले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोशल मिडिया पेज मार्फत पठाउन सक्नेछन् । सही अनुमान गर्ने दुई जना भाग्यशालीलाई सिद्धार्थ हस्पिटालिटीको आउटलेटमा एक रातको लागि निःशुल्क रुम तथा ब्रेकफास्टको सुविधा प्रदान गरिने छ ।

सिद्धार्थ हस्पिटालिटिले आफ्ना सबै शाखाहरुमा नेपाल सहभागी हुने सबै खेलहरुमा यस्तै प्रकारको अफर राखेको र अन्य देशहरुको खेलमा समेत विभिन्न उपहारहरुको घोषणा गरेको छ । यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरुलाई मनोरञ्जन प्रदान गर्नु रहेको छ । हस्पिटालिटिले यसअघि पनि विभिन्न खेलकुद गतिविधिहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।