छ अंकले बढ्यो, नेप्से गुमाउने भन्दा कमाउने समुह धेरै

छ अंकले बढ्यो, नेप्से गुमाउने भन्दा कमाउने समुह धेरै

काठमाडौं, जेठ २२

अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने बढेको छ । नेप्से आज छ दशमलव २२ अंकले बढेर दुई हजार ८५ दशमलव ३० अंंकमा चढेकोमा सेन्सिटिभ पनि एक दशमलव ९५ प्रतिशतले बढेर तीन सय ७२ दशमलव शुन्य दुई अंकले पुगेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५३ हजार नौं सय ९९ पटकको कारोबारमा ८३ लाख पाँच हजार सात सय ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार कुल कारोबार रकम चार अर्ब आठ करोड ४७ लाख १५ हजार आठ सय ७७ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये जलबिद्युत, सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टेडिङ समुहको सुचक पनि बढेका छन् । नेप्सेमा आज ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।