राष्ट्र बैकले रोक्यो, दुई वटा भुक्तानी प्रदायक कम्पनीको बैंक खाता

राष्ट्र बैकले रोक्यो,  दुई वटा भुक्तानी प्रदायक कम्पनीको बैंक खाता

काठमाडौं, जेठ २२

नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी प्रदायक सेवा कम्पनीको खाता रोकेको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु पेवेल नेपाल प्रा.लि., अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि., बालुवाटार, काठमाडौंको खाता रोक्का गरिएको राष्ट्र बैंकको भनाई छ ।  

ति कम्पनीहरुबाट भईरहेका कारोवारहरु नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानविन सम्पन्न गरिने जानकारी राष्ट्र बैंकले दिएको छ ।