आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काभ्रे, जेठ २२

पनौती नगरपालिका–५ सुन्दरबस्ती बस्ने ८१ वर्षीय राम बहादुर केसीको घरमा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, ३ तोला बराबरको सुनको गहना, अन्नपात, जिन्सी सामान र भाँडावर्तन गरी करिब १९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।