हिमालयन रिइन्स्योरेन्सले पायो भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’

हिमालयन रिइन्स्योरेन्सले पायो भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’

काठमाडौं, जेठ २४

हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय जीआईसी रिको ‘ट्रिटी अंश’ पाएको छ ।  यसले हिमालयन रिको बिजनेस विस्तारमा सघाउ पुग्ने कम्पनीले जानकारी दिएको छ । भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै हिमालयन रिले विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा पाउन सफल भएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ । ‘एकपछि अर्काे उपलब्धि हासिल हुने क्रममा जीआइसी रिले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।