सामान्य अंकले घट्यो, नेप्से कमाउने भन्दा गुमाउने समुह धेरै

सामान्य अंकले घट्यो, नेप्से कमाउने भन्दा गुमाउने समुह धेरै

काठमाडौं, जेठ २४

नेप्से घटेको छ ।  साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से एक दशमलव ९३ अंकले घटेर दुई हजार ७७ दशमलव ७८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव २७ अंकले घटेर तीन सय ७० दशमलव ३४ अंकमा पुगेको छ ।  आज नेप्सेमा तीन सय २२ वटा कम्पनीहरुको ५९ हजार छ सय ५० पटकको कारोबारमा ८८ लाख १३ हजार तीन सय ७४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जलबिद्युत, लघुवित्त, होटल तथा पर्यटन, लगानी र व्यापार समुहको सुुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज इर्मजिङ नेपाल लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने माईखोला हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडंको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।