बैकिङ प्रणालीमा एक अर्ब ४३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा एक अर्ब ४३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं, जेठ २४
 

बैकिङ प्रणालीमा नेपाल राष्ट्र बैकले  एक अर्ब ४३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८१ असार तीन गतेदेखि २०८२ असार तीन गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकको भनाई छ । यसरी मुुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब १४ करोड ४० लाख, बिकास बैंकहरुको लागि २१ करोड ४५ लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड १५ लाख रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २७ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैकले जानकारी दिएको छ ।  
 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।