राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर कारोवार गर्ने सम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर कारोवार गर्ने सम्बन्धी सम्झौता

काठमाडौं, जेठ २५

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरु बिच सम्झौता भएको छ । यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसिएचएलको माध्यमबाट यस्ता कारोवारहरु हुनेछन । 

राष्ट्रिय वाणिज्य बैंकर नेपाल क्लियरिङ हाउस (एनसिएचएल) का बिच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन । सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिती रहेको थियो ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यु आर कोड सेवा, पोस (प्वाईन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्यु आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङका सेवाहरु समेत संचालनमा रहेका छन ।