हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

काभ्रे, जेठ २५

तेमाल गाउँपालिका–२ काफलबोट बस्ने ५८ वर्षीया साईली तामाङलाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय मानध्वज तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​​​मानध्वजले मादक पदार्थ सेवन गरी साईलीलाई फलामको रड प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचवारघाट र इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।