राष्ट्र बैंकले माग्यो, मौद्रिक नीतिको लागि राय सुझाव

राष्ट्र बैंकले माग्यो, मौद्रिक नीतिको लागि राय सुझाव

काठमाडौं, जेठ २७

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि राय सुझाव मागेको छ । आईतबार बैंक तथा वित्तीय संस्थाहरु एवं सरोकारवाला सबै निकायहरुको नाउँमा सुचना जारी गर्दै आर्थिक बर्ष २०८१-०८२  को मौद्रिक नीतिको लागि राय सुझाव माग गरेको हो  ।

राय सुझाव २०८१ असार १६ गतेसम्म नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागमा उपलब्ध गराईसक्नु पर्ने राष्ट्र बैंकको भनाई छ ।