झण्डै पाँच अंकले घट्यो नेप्से, पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

झण्डै पाँच अंकले घट्यो नेप्से, पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

काठमाडौं, जेठ २७

नेप्से घटेको छ । आज आईतबार नेप्से चार दशमलव ५९ अंकले घटेर दुई हजार ७३ दशमलव १९ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव १८ अंकमा पुगेको छ । तीन सय १३ वटा कम्पनीहरुको ६९ हजार दुई सय १९ पटकको कारोबारमा एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ रुपैंयाँ कायम भएको छ ।   

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा होटल तथा पर्यटन, जलबिद्युत, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक बढेकाछन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक घटेका छन् । नेप्सेमा आज इष्र्टन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ ।  एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।