बचत रकम हिनामिना गर्ने सहकारीका तीन जना संचालक पक्राउ

बचत रकम हिनामिना गर्ने सहकारीका तीन जना संचालक पक्राउ

काठमाडौं, जेठ २८

स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ ५९ पैसा अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ कुलेश्वरर बस्ने ६६ वर्षीय बाशु देव मान जोशी, संस्थाका सचिव सोही महानगरपालिका–२५ केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र संस्थाका सदस्य सोही महानगरपालिका–२६ नरदेवी बस्ने ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् । 

उक्त बचत रकम अपचलन तथा हिनामिना गरेको सम्बन्धमा काठमाडौं महानगरपालिका सहकारी विभागको पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।