ठगी गरेको अभियोगमा पक्राउ

ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, जेड २८

थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४ घर भएका ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जुवा तथा सट्टेबाजी सम्बन्धी कसूरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनि निजको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।