सहकारी ठगी सम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

सहकारी ठगी सम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

कास्की, जेठ २८

मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी कसूरमा संलग्न रही फरार रहेको अभियोगमस २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त संस्थाका पूर्व अध्यक्ष कास्की पोखरा महानगरपालिका–२१ कृस्ती बस्ने ३० वर्षीय भरत भट्टराई र संस्थाका गैह्र सदस्य २८ वर्षीय सुवास अधिकारी रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनीहरूलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–१ कोत्रेबाट पक्राउ गरेको हो । उनीहरूलाई सहकारी ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।