गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सको २२ औं बार्षिक साधारण सभा सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सको २२ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, जेठ ३०

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि.ले २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । बिसं २०५९ जेठ ३० गतेबाट विधिवत कारोबार संचालन गरेको संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित श्री अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

फाईनान्सले प्रधान कार्यालय समेत २३ शाखा कार्यालयहरु र चार वटा एक्सटेन्सन काउन्टरहरुबाट एटिएम, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, इसीसी, आरटिजिएस, कनेक्ट आईपिएस लगायतका सेवााहरु उपलब्ध गराउँदै आएको छ । फाईनान्सले व्यक्तिगत निक्षेप खाताको लागि पाँच लाख सम्मको निक्षेप विमा गरेको जानकारी दिएको छ ।