झण्डै सात अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

झण्डै सात अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

काठमाडौं, जेठ ३०

नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पुन छ दशमलव ३७ अंकले बढेर २१ सय २१ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ६७ अंकले बढेर तीन सय ७४ दशमलव ९१ अंकमा चढेको छ । तीन सय १२ वटा कम्पनीहरुको ७४ हजार आठ सय ५८ पटकको कारोबारमा एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन र व्यापार समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा।, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको बढेका छन् । नेप्सेमा आज समृद्धि फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने सयपत्री हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।