ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, जेठ ३०

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५३ वर्षीय विर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।