आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

दैलेख, जेठ ३०

नौमुले गाउँपालिका–६ सल्लेरी बस्ने लाल बहादुर चन्दको घरमा विद्युतको मिटर बक्सको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।