नौं अंकले घट्यो, नेप्से छ अर्ब ४४ करोडको सेयर कारोबार

नौं अंकले घट्यो, नेप्से छ अर्ब ४४ करोडको सेयर कारोबार

काठमाडौं, जेठ ३१

नेप्से घटेको छ । आज बिहिबार नेप्से नौंं दशमलव ३२ अंकले घटेर २१ सय १२ दशमलव २९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७२ अंकले घटेर तीन सय ७४ दशमलव १८ अंकमा झरेको छ । तीन सय १३ वटा कम्पनीहरुको ७७ हजार चार सय पटकको कारोबारमा एक करोड ४२ लाख ९४ हजार सात सय १२ पटकको कारोबारमा छ अर्ब ४४ करोड ३० लाख २९ हजार दुई सय आठ रुपैंयाँको सेयर किनबेच भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक र फाईनान्स समुहको सुचक बढेका छन् । यि बाहेक बाँणिज्य बैंक, जलबिद्युत, निर्जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक भने घटेका छन् । नेप्सेमा आज समृद्धि फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने मिड सोलु हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।