प्रभु बैंक र आगन्तुक रिर्सोटबिच सम्झौंता

प्रभु बैंक र आगन्तुक रिर्सोटबिच सम्झौंता

काठमाडौं, जेठ ३१

प्रभु बैंक र आगन्तुक रिर्सोटबिच सम्झौंता भएको छ । सम्झौंता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।  

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाइँकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगलजस्ता अन्य विभिन्न हिमशृंखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ । काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उत्तम स्थान हो । आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला अति उत्तम र रमणीय स्थलको रुपमा प्रख्यात छ । बिहानको सूर्यको उदयदेखि साँझको अस्तको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ ।