करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, जेठ ३२

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित केसी अटोमोटर साईकल वर्कसपमा काम गरी बस्ने बारा कलैया उपमहानगरपालिका–१७ घर भएका १६ वर्षीय जितेन्द्र साह कानुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
फलामको खाटबाट भुँईमा ओर्लने क्रममा विजुलीको तार सट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।