१९ अंकले घट्यो नेप्से, सुचक रातै

१९ अंकले घट्यो नेप्से, सुचक रातै

काठमाडौं, असार ४

नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से १८ दशमलव ७६ अंकले घटेर दुई हजार ७६ दशमलव ४९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव २० अंकमा झरेको छ । तीन सय १८ वटा कम्पनीहरुको ५८ हजार एक सय १९ पटकको कारोबारमा ९५ लाख ४४ हजार सात सय ३४ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेर रातै भएका छन् । नेप्सेमा आज समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । बरुण हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।