हिमालयन बैंक र सिटिजन्स क्यापिटलबिच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबिच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं, असार ४

हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।