झिनो अंकले बढ्यो नेप्से, सात वटा समुहले गुमाउँदा पाँच वटाले कमाए

झिनो अंकले बढ्यो नेप्से,  सात वटा समुहले गुमाउँदा पाँच वटाले कमाए

काठमाडौं, असार ५

नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार दुई दशमलव २७ अंकले बढेर दुई हजार ७८ दशमलव ७६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५५ अंकले बढेर तीन सय ६७ दशमलव ७५ अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार सात सय छ पटकको कारोबारमा ७२ लाख नौं हजार सात सय ५७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार छ सय ३२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार सहितका सात वटा समुहहरुको सुचक घटेका छन् भने बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त र अन्य समुहको सुुचक बढेका छन् । नेप्सेमा आज नेपाल फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।