विश्व बैंकद्धारा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टरको घोषणा

विश्व बैंकद्धारा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टरको घोषणा

काठमाडौं, असार ५

विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टरको घोषणा गरेको छ । बिशव बैंकका अनुसार डेभिड सिस्लेनिस माल्दिभ्स, नेपाल र श्रीलकंका लागि विश्व बैंकको नयाँ निर्देशकमा नियुक्त भएका हुन । नवनियुक्त निर्देशक सिस्लेनलेफारिस हदाद–जेर्भोसको स्थान लिनेछन्, जसले विश्व बैंकको नयाँ कार्यभार लिनेछन् । उनले केहीसमयअघि वासिङ्टन डिसीमा रहेको ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा सहरी, विपद् जोखिम व्यवस्थापन र भूमिको अभ्यास प्रबन्धकको कायम गरेका थिए ।  

“म मेरो नयाँ भूमिकाको प्रतिक्षामा छु र हाम्रा सबै शुभचिन्तकहरु र साझेदारहरूसँग चाँडै भेट्नेछु“, सिस्लेनले भने । “मेरो मुख्य प्राथमिकता भनेको गति, दिर्घकालीन रणनीति बनाएर बैंकको सेवालाई प्रभावकारी बनाई सरकार, विकास साझेदारहरू र सरोकारवाला अन्य निकायहरुसंग नजिकबाट काम गर्नु हो, उनले भने । सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा विश्व बैंकको करिब ४.८ अर्ब डलरको पोर्टफोलियोको निरीक्षण गर्ने छन् ।