गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, असार ६

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको  ब्यवस्था बमोजिम फाईनान्स संचालक समितिको यही असार पाँच गते बसेको बैठकबाट एक हजार रुपैंयाँ अंकित मुल्य कायम रहने गरी २६ करोड रुपैंयाँ बराबरको दुई लाख ६० हजार कित्ता ऋणपत्र निष्काशन गर्नै निर्णय गरेको हो ।  

फाईनान्सका अनुसार ८ वर्षेअवधि रहने सो डिबेन्चर दुृई लाख ६० हजार संख्याको प्रतिइकाई एक हजार रुपैंयाँ अंकित मुल्य कायम रहेको र व्याजदर नौं प्रतिशत र ६-६ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ । यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात डिबेन्चर निष्काशन गरिने फाईनान्सले जानकारी दिएको छ ।