माछापुच्छे बैंकद्धारा पुष्करणी परोपकार गोकुलधाम पोखरा तथा बसन्त मा. वी बाग्लुङ्गलाई सहयोग

माछापुच्छे बैंकद्धारा पुष्करणी परोपकार गोकुलधाम पोखरा तथा बसन्त मा. वी बाग्लुङ्गलाई सहयोग

काठमाडौं, असार ६

माछापुच्छे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्ला स्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावि छोडिएका पशु चौपाया र विशेष गरि नेपालको राष्ट्रय जनावर गाईको संरक्षण एंव व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको हो । 

छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाको लागि बैंकले उक्त सहयोग गरेको हो । यही असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका विच माछापुच्छे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका हुन ।  

यस्तैगरि बैंकले वाग्लुङ्ग जिल्ला स्थित जैमीनी नगरपालीकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरेको छ । आर्थिक स्रोतको अभावका कारण निर्माणाधिन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आईरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । सोही दिन बैंक सञ्चालक समिति सदस्य श्रीमती बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन ।  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।