नेप्सेमा १० अंकले गिरावट, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

नेप्सेमा १० अंकले गिरावट,  दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

काठमाडौं, असार ६

नेप्से घटेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने १० दशमलव ४४ अंकले घटेर दुई हजार ६८ दशमलव ३१ अंकमा अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले घटेर तीन सय ६५ दशमलव शुन्य पाँच अंकमा झरेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ५३ हजार १७ पटकको कारोबारमा ८६ लाख ६३ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम तीन अर्ब ८७ करोड सात लाख ४४ हजार ३४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक घटेका छन् ।

नेप्सेमा आज कालिका लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । माउन्टेन इर्नर्जी नेपाल लिमिटेड भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।