एनएमबी बैंकका ग्राहकलाई कतार एयरको टिकटमा छुट

एनएमबी बैंकका ग्राहकलाई कतार एयरको टिकटमा छुट

काठमाडौं, असार ६

एनएमबी बैंकका ग्राहकहरुले कतार एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्ना ग्राहकलाई विशेष छुट उपलब्ध गराउने भएको हो । सो अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्ने छन् ।

छुटका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड त्तच्ल्ःद्यद्दद्ध प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । यो अफरमार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेजलगायत अन्य विशेष सुविधासमेत पाउनेछन् । यससम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरतरूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।