प्रथम नेपाल आँप फेस्ट २०८१ को तयारी पुरा

प्रथम नेपाल आँप फेस्ट २०८१ को तयारी पुरा

काठमाडौं, असार ७

’नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाओं नाराका साथ प्रथम नेपाल ऑप फेस्ट २०१ को तयारी पूरा भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा उक्त फेस्ट आयोजना गर्न लागेको हो। प्रतिक्षित नेपाल आँप फेस्ट २०१, असार ७, ८ र ९ गते काठमाडांमा आयोजना गरिने छ । सर्लाही, सप्तरी र सिराहाका ५० किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरु यो मेलामा प्रदर्शनी गरिनेछ ।

यो फेस्टमा माल्दा, जर्दा, बम्ब, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् । सबै ऑपहरू सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्याइनेछ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरु मात्र उपलब्ध हुनेछन्, जसले विषादीको जोखिमबाट उपभोक्ताहरूलाई जोगाउनेछ । ऑप फेस्टमा ग्राहकहरुले आँपको स्वाद चाखेर ५ र २० किलोको बक्समा ऑप किन्न पाउने व्यवस्था मिलाइएको छ । फेस्टको प्रमुख उद्देश्य भनेको नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्याउनु हो ।

फेस्टको उद्घाटन समारोह असार ७ गते वालनट बिस्ट्रो पानीपोखरीमा हुनेछ । काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन न आँप र ऑपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरिनेछ । फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टलहरु रहनेछन्, जहाँ ग्राहकहरुले आँपका विभिन्न उत्पादनहरू जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका वस्तुहरू पनि पाउन सक्नेछन् ।

नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ । नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतबाट आँप आयात गर्न बाध्य छौं । विषादी प्रयोग गरिएका महँगा ऑपलरू उपभोग गर्नुको सट्टा. यस फेस्टले नेपाली आँपको बारेमा जानकारी प्रदान गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

ऑप फेस्टको दोस्रो दिन शनिवार उत्पला क्याफेमा भव्य कार्यक्रम हुनेछ । जसमा ३५ सय जना आगन्तुकहरुको सहभागिता हुने अपेक्षा गरिएको छ । तीन दिनको अवधिमा २५ देखि ३० टन ऑप विक्री गर्ने लक्ष्य राखिएको छ । फेस्टमा म्याङ्गो इटिङ कम्पिटिस’ जस्ता रमाइलो कार्यक्रमहरू पनि समावेश गरिएका छन् । किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले कृषकहरुको उत्पादनलाई बढावा दिन कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । हाम्रो लक्ष्य स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कृषकहरुको जीवनस्तर सुधार गर्नु हो ।