झण्डै छ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

झण्डै छ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

काठमाडौं, असार ९

नेप्से घटेको छ । आज आईतबार नेप्से पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा झरेको छ । तीन सय १७ वटा कम्पनीहरुको ६१ हजार पाँच सय १३ पटकको कारोबारमा ९५ लाख ६१ हजार सात सय २७ कित्ता सेयर किनबेच हुँदा आज कुल कुल कारोबार रकम चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर हुुँदा फाईनान्स, अन्य र व्यापार समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी,  उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज रिलायन्स फाईनान्सले सबैभन्दा बढी कमाएको छ भने ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ ।  पोखरा फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।